महिला क्रिकेट : एपीएफ र सुदूरपश्चिम विजयी

 असोज २५, २०७९ मंगलबार १७:५९:१९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेटमा आज मङ्गलवार सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

पोखरामा आज भएकाे पहिलो खेलमा एपीएफ क्लबले बाग्मती प्रदेशलाई चार विकेटले हरायो । बाग्मतीले दिएको ९० रनको लक्ष्य एपीएफले पाँच बलअघि नै ६ विकेट गुमाएर भेटायाे । 

आजै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई ६ विकेटले हरायो । गण्डकीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर २ बलमा चार विकेट गुमाएर भेटायो ।

समूह 'ए' मा एपीएफ शीर्ष स्थानमा र सदूरपश्चिम दोस्रो स्थानमा रहेका छन् । समूह 'बी' मा नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । महिला क्रिकेटमा नाै टोलीको सहभागिता रहेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया