नेपालमा धेरै सम्भावना छ, लगानीकाे प्रतिफल पनि अन्य देशमा पाउने भन्दा राम्राे छ : ढकाल

 असोज २५, २०७९ मंगलबार १९:२२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय गर्नका लागि विदेशमा भन्दा नेपालमा प्रचुर सम्भावना रहेको बताउनुभएको छ । 

आज मङ्गलवार गैरआवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानीको वातावरण प्रशस्त रहेको भन्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो । नेपालमा अन्य देशको भन्दा लगानीको प्रतिफलसमेत राम्रो रहेको उहाँले बताउनुभयाे । नेपालमा गैरआवासीय नेपालीहरूले लगानी गर्नका लागि पुराना र जटिल कानुन परिवर्तन भएको तथा बाँकी कानुन परिवर्तन गर्ने प्रक्रियामा रहेको उहाँकाे भनाइ छ । 

 उहाँले भन्नुभयो, ‘नेपालमा लगानीको वातावरण छ । पुराना र जटिल कानुन परिवर्तन भएका छन् । अरू कानुन परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छ । प्रतिफल पनि तपाईँले अन्य देशमा पाउने भन्दा राम्रो छ । गैरआवासीय नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालमा लगानी गर्न आग्रह गर्छु । निजी क्षेत्र त्यसमा सहकार्य गर्न तयार छ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले गैरआवसीय नेपालीहरूलाई लक्षित गरी विदेशमा रहेकालाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरु भएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया