नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा दोस्रो दिन राजेन्द्र, रमा र ओमकारलाई स्वर्ण

 असोज २५, २०७९ मंगलबार २०:४:४० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दोस्रो दिन आज मङ्गलवार फेन्सिङ एकल सेभरतर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको फोयरमा आर्मीकी रमा सिंह र पुरुषतर्फको ईपीमा बाग्मती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जिते । 

गजुरेलले एपीएफका लागि पहिलो स्वर्ण जिते । यसअघि साताैँ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, आठाैँमा टिम र एकल दुईमा रजत पदक जितेका थिए । 

सेभरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रजत पदक जितेका छन् । त्यसैगरी आर्मीकै रघुवीर चन्द्र र एपीएफका खेमराज खत्रीले कास्य पदक जिते ।   

महिलातर्फको फोयरमा स्वर्ण पदक विजेता सिंहले साताैँ राष्ट्रिय खेलकुदमा स्वर्ण र आठाैँमा रजत पदक जितेकी थिइन् । 

एपीएफकी मनिषा राईले रजत पदक तथा एपीएफकी मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पारे ।

पुरुषतर्फकाे ईपीमा स्वर्ण जित्ने सिंहले आठाैँमा पनि स्वर्ण पदक जितेका थिए । ईपीमा आर्मीका राम थापाले रजत पदक जिते । त्यसैगरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका मीन कार्कीले कास्य पदक जिते । गण्डकी प्रदेशका अधिकारीले पहिलो पदक जित्न सफल भएका हुन् । 

फेन्सिङको अङ्क तालिकाअनुसार आर्मी शीर्ष स्थानमा छ । आर्मीले दुई स्वर्ण, तीन रजत र चार कास्यसहित नाै पदक प्राप्त गरेको छ । त्यसैगरी बाग्मतीले दुई स्वर्ण, एक रजत र एक कास्यसहित चार पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र ६ कास्यसहित नाै पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण पदकसहित चौथो स्थानमा छ । त्यसैगरी गण्डकी प्रदेश एक कास्यसहित पाँचौँ स्थानमा छ भन् प्रदेश नम्बर १ ले अहिलेसम्म पदक जित्न सकेकाे छैन । 

प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतले पदक वितरण गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया