ग्वाटेमाला र एल साल्भाडोरमा ठूलो आँधीसँगै वर्षा : कम्तिमा २८ जनाको ज्यान गयो

 असोज २६, २०७९ बुधबार ८:२४:५७ | एजेन्सी
unn.prixa.net

ग्वाटेमाला र एल साल्भाडोरमा ठूलो आँधीसँगैको वर्षाका कारण कम्तिमा २८ जनाको ज्यान गएको छ ।

‘जुलिया’ नामको आँधी र मुसलधारे वर्षाका कारण उनीहरुको ज्यान गएको विपद् अधिकारीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ ।

ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जना तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका एक जना सैनिकसहित नौ जनाले ज्यान गुमाएका जानकारी दिएको छ ।

त्यस्तै एल साल्भाडोरको कोमासागुवा र ग्वाटाजियागुवा सहरमा घरको पर्खाल भत्किँदा पाँच जना सैनिकसहित ७ जनाले ज्यान गुमाएका छन् । केही नागरिकले बाढीमा परेर ज्यान गुमाएका छन् ।

एल साल्भाडोरका नदीतटीय क्षेत्रमा सरकारले आपत्कालीन अवस्था घोषणा गरी ८० भन्दा बढी ठाउँमा आश्रयस्थल बनाएको छ ।

एल साल्भाडोरमा एक हजारभन्दा धेरै मानिस विस्थापित भएका आन्तरिक मन्त्री राउल जुआरेजले बताउनुभएको छ ।  
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया