अर्थमन्त्री शर्मा अमेरिकामा

 असोज २६, २०७९ बुधबार १३:९:३७ | रासस
unn.prixa.net

फाइल तस्बिर

अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन हिजाे मङ्गलवार बेलुकी अमेरिकाको राजधानी वाशिङ्टन डीसी आइपुग्नुभएको छ । 

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधि पुग्नुभएको थियो । अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका उच्च अधिकारीहरू डीसी आइपुग्नुभएको छ ।

अर्थमन्त्री शर्माले आज बुधवार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्व बैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरूमा सहभागी हुनुहुनेछ । उहाँले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको डीसीमा रहेकाे नेपाली दूतावासले जनाएको छ । 

यस्तै सोमवार नै यहाँ आइपुग्नुभएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया