नवाैँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बाग्मतीलाई थप १ स्वर्ण

 असोज २६, २०७९ बुधबार २०:२७:२७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा बाग्मती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । 

आज बुधवार भएकाे खेलमा पुरुष टिम फोयलमा बाग्मतीले नेपाली सेनालाई हराउँदै स्वर्ण पदक जितेको हो । बाग्मतीका लागि फेन्सिङमा याे तेस्रो स्वर्ण पदक हो । नेपाली सेनाले रजत तथा सुदूरपश्चिम र प्रदेश नम्बर १ ले कास्य पदक प्राप्त गरेका छन् । 

फेन्सिङको अङ्क तालिकाअनुसार बागमती प्रदेश शीर्ष स्थानमा उक्लेको छ । आर्मीले दुई स्वर्ण, चार रजत र ६ कास्य सहित १२ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र पाँच कास्यसहित आठ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण पदकसहित चौथो स्थानमा छ । गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले एक–एक कास्य पदक प्राप्त गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया