म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीलाई भ्रष्टाचार अभियोगमा २६ वर्षको जेल सजाय

 असोज २६, २०७९ बुधबार १८:३:२४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

सैनिक शासन रहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई थप दुई वटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । 

आज बुधवार सुनाइएको निर्णयअनुसार सुकीलाई २६ वर्षको जेल सजाय तोकिएको छ । गएको वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर ७७ वर्षकी सुकीलाई पक्राउ गरेको थियो । सुकीले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्नुभएको छ ।

नेत्री सुकीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो । सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता नेत्री सुकीविरुद्ध सेनाले लगाएका धेरै आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । उहाँलाई भ्रष्टाचार विरोधी ऐनअन्तर्गत मात्रै १२ वटा मुद्दा लगाइएको छ । ती सबैमा १५ वर्षसम्मको दरमा जेल सजाय र जरिबाना हुन सक्छ । 

सुकीका समर्थक र स्वतन्त्र विश्लेषकहरूले ती आरोप राजनीतिकरूपमा प्रेरित रहेका र उहाँलाई बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् । सुकीलाई सार्वजनिकरूपमा बोल्न प्रतिबन्ध लगाइएको छ भने उहाँका वकिलहरूलाई पनि मुद्दाकाबारेमा सार्वजनिकरूपमा बोल्ने अनुमति छैन ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया