इङ्ग्ल्यान्डले १ खेलअघि नै जित्याे अस्ट्रेलियासँगकाे टी–२० शृङ्खला

 असोज २६, २०७९ बुधबार १९:१५:२५ | एजेन्सी
unn.prixa.net

इङ्ग्ल्यान्डका अलराउन्डर स्टाेक्सकाे उत्कृष्ट फिल्डिङ, तस्बिर : एजेन्सी

काठमाण्डाै – अस्ट्रेलियासँगको तीन खेलकाे टी–२० शृङ्खला इङ्ग्ल्यान्डले एक खेलअघि नै जितेको छ । आज बुधवार क्यानबेरामा भएको दोस्रो खेल आठ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेलअघि नै जितेको हो । 

इङ्ग्ल्यान्डले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ विकेट गुमाएर एक सय ७० रनमात्रै बनाउन सक्यो । अस्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४५ र टिम डेविडले ४० रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका साम कुरनले तीन विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले डेविड मलानको ८२ र मोइन अलीको ४४ रन मद्दतमा सात विकेट गुमाएर एक सय ७८ रन बनाएको थियो । बलिङतर्फ अस्ट्रेलियाका मार्कस स्टाेइनिसले तीन विकेट लिए । 

तेस्रो खेल पर्सि शुक्रवार हुनेछ । यस्तै आइतवारदेखि टी–२० विश्व कप क्रिकेट सुरु हुनेछ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया