नवीकरणीय ऊर्जामा विश्वले तीन गुणा लगानी बढाउनुपर्नेमा राष्ट्र सङ्घको जोड

 असोज २७, २०७९ बिहीबार ६:५२:२७ | एजेन्सी
unn.prixa.net

नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्नेमा संयुक्त राष्ट्र सङ्घले जोड दिएको छ ।

विश्वलाई शून्य उत्सर्जनको दिशामा अघि बढाउन सन् २०५० सम्ममा नवीकरणीय ऊर्जामा विश्वव्यापी लगानी तीन गुणा बढाउनुपर्ने विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा स्वच्छ ऊर्जास्रोतबाट आउने विद्युतको आपूर्ति आउँदो आठ वर्षभित्र दोब्बर बनाइनुपर्ने नभए विश्वव्यापी ऊर्जा सुरक्षामा खलल पर्न सक्ने ठानिएको छ । डब्ल्यूएमओका महासचिव पेटेरी तालसले सौर्य, वायु र जलविद्युत् जस्ता ऊर्जा उत्पादनका स्वच्छ रूपहरूमा प्रवेश गर्नु र ऊर्जा दक्षतामा सुधार गर्नु निक्कै महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

मुख्यगरी अफ्रिकामा आधुनिक ऊर्जामा पहुँच पुर्याउन वार्षिक २५ अर्ब अमेरिकी डलर लगानी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । यसले अहिलेको विश्वव्यापी ऊर्जा लगानीको झण्डै एक प्रतिशतको प्रतिनिधित्व गर्छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया