रुस–युक्रेन युद्धका कारण एसियाली अर्थतन्त्रमा व्यापक असर : आईएमएफ

 असोज २७, २०७९ बिहिबार १०:०:४५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुस–युक्रेन युद्धका कारण एसियाली क्षेत्रको अर्थतन्त्रमा व्यापक असर परेको छ ।

व्यापार र वित्तीय बजारको अनिश्चितता र मुद्रास्फीतिको सन्दर्भमा व्यापक रूपमा असर गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जनाएको छ । एसियाको रुससँग त्यति धेरै बलियो व्यापार सम्बन्ध छैन । तर, युरोपसँग एसियाली बजारमा सम्बन्ध निकट छ ।

युरोपको समग्र बजारमा युक्रेन युद्धको प्रभाव देखिएको यसले एसियाली देशको बाह्य मागमा असर गरेको आईएमएफको एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताउनुभयो । युद्धपछि खाद्यान्न तथा सामग्रीको मूल्यमा उच्च वृद्धि भएको उहाँको भनाइ छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको हो । युद्धको सुरुवातदेखि नै इन्धन तथा खाने तेलमा भारी वृद्धि भएको थियो । यसैबीच भारतको आर्थिक वृद्धिदर सन् २०२२ मा ६ दशमलव ८ प्रतिशतमा झार्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । यो गएको जुलाईको पूर्वानुमानभन्दा ० दशमलव ६ प्रतिशत बिन्दुले तल झरेको छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया