इराकमा कार्यवाहक राष्ट्रपति सालेहलाई झट्का, अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने निश्चित

 असोज २८, २०७९ शुक्रबार ६:५६:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इराकमा अब्दुल लतिफ रशिद नयाँ राष्ट्रपति बन्ने हुनुभएको छ । योसँगै पछिल्लो एक वर्षदेखि इराकमा भइरहेको गतिरोध अन्त्य हुने विश्वास लिइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार उहाँले संसदमा भएको मतदानमा १ सय ६० भन्दा धेरै सांसदको समर्थन प्राप्त गर्नुभएको छ । इराकमा सांसदको सङ्ख्या ३ सय २९ रहेको छ । उहाँले अहिलेका कार्यवाहक राष्ट्रपति बरहाम सालेहलाई झट्का दिनुभएको छ । सालेहले जम्मा ९९ सांसदकाे समर्थन पाउनुभएको छ ।

इञ्जिनियर समेत रहेका ७८ वर्षका रशिद सन् २००३ देखि २०१० सम्म जल संशाधन मन्त्रीसमेत बन्नुभएको थियो । अब नयाँ सरकार बनाउन उहाँलाई १५ दिनको समय भएको खबरमा उल्लेख गरिएको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया