नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङको ईपी टिम इभेन्टमा आर्मीलाई स्वर्ण

 असोज २८, २०७९ शुक्रबार १२:५३:३६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज शुक्रवार भएको फेन्सिङको पुरुष टिम ईपीमा आर्मीले स्वर्ण जितेको छ । आर्मीले एपीएफलाई ४५–२८ अङ्कले पछि पार्दै आर्मी स्वर्ण जितेको हो । आर्मीका लागि यो फेन्सिङमा ५औँ स्वर्ण पदक हो । 

पोखरा रङ्गशालामा रहेकाे ब्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा एपीएफले रजत पदक जित्दा गण्डकी प्रदेश र वाग्मती प्रदेशले कास्य पदकमा चित्त बुझाए । फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए । 

फेन्सिङको अङ्क तालिकाअनुसार आर्मी च्याम्पियन बनेको छ । आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कास्यसहित १७ पदक प्राप्त गरेको छ । वाग्मती चार स्वर्ण, तीन रजत, एक कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।  

सशस्त्र प्रहरी दुई स्वर्ण, चार रजत र सात कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण दुई कास्यसहित ३ पदक जितेको छ । त्यसैगरी गण्डकी प्रदेश चार कास्य पदक जित्दै पाँचौँ स्थानमा छ भने प्रदेश-१ ले तीन कास्य पदक प्राप्त गरेका‍े छ ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया