तिहार सुरु नहुँदै बजारमा झिलिमिली (फोटोफिचर)

 असोज २९, २०७९ शनिबार १०:१:४२ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - तिहार सुरु हुन अझै एक हप्ताभन्दा बढी समय बाँकी छ । तर बजारमा तिहारको झिलिमिली सुरु भइसकेको छ ।

बजारमा किनमेल गर्नेको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फूलहरुले ढाकेको छ । तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ । न त जाडो, न त गर्मी । यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ ।

तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ । फूलको मालाले सिङ्गारिन्छ । अझ लक्ष्मीपूजाको बेलुकीमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ ।

बजारमा बत्ती लगायतका सामान किन्ने र बेच्नेको भिड देख्दा तिहार आइसकेको भान हुन्छ । तिहारका लागि आवश्यक पर्ने विभिन्न सामग्री खरिद गर्ने उपभोक्ताको घुइँचो यतिबेला हरेक बजारमा देखिन्छ । हेरौँ तिहार नजिकिँदै गर्दा काठमाण्डौमा तिहारको झल्को दिने झिलिमिलिका केही दृश्यहरु।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया