टर्कीमा कोइलाखानीमा विस्फोट : ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्याे

 असोज २९, २०७९ शनिबार १०:१७:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

टर्कीको एउटा कोइलाखानीमा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ । ७० जनाभन्दा धेरै हराइरहेका छन् ।

११ जनाको उद्धार गरी उपचार भइरहेको बीबीसीले जनाएको छ । विस्फोटको समयमा खानीमा झण्डै १ सय १० जना मानिसहरू काम गरिरहेका थिए । उनीहरु मध्ये ४९ जना मानिसहरू खानीभित्र तीन सय मिटरको गहिराइमा थिए ।

उद्धारकर्ताहरूले थप मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आशामा चट्टान फोरेर खानीभित्र जाने प्रयास गरिरहेका छन् । ब्ल्याक सीको तटीय क्षेत्रमा पर्ने अमासरामा रहेकाे खानीबाट उद्धारकर्मीहरूले विस्फोटका कारण पूरै कालोले ढाकिएका मानिसहरूलाई खानीबाट निकाल्दै गरेका भिडिओहरू सार्वजनिक भएका छन् । विस्फोटको कारण अझैसम्म थाहा हुन सकेको छैन । अधिकारीहरूले यसबारे अनुसन्धान सुरु गरेको बताएका छन् ।

टर्कीका ऊर्जामन्त्रीले घटनाको प्रारम्भिक सङ्केतहरुबाट कोइला खानीमा निस्कने प्राकृतिक मिथेन ग्यासका कारण विस्फोट भएको हुनसक्ने देखिएको बताउनुभएको बीबीसीले जनाएको छ । खानीबाट भागेर बाहिर निस्कन सफल एकजना कामदारले भित्र धुवाँ र धुलो फैलिएको तर के कारण त्यस्तो भयो भन्ने थाहा नभएको बताएका छन् ।

सन् २०१४ मा टर्कीको दक्षिणी सहर सोमामा भएको कोइलाखानी विस्फोटमा ३ सय १ जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया