नवौँ राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफले कर्णालीलाई १६–० ले हरायाे

 असोज २९, २०७९ शनिबार १३:४२:१८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की -  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपीएफले कर्णाली प्रदेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । एपीएफले कर्णालीलाई १६–० गोल अन्तरले पराजित गरेकाे हाे।

खेलको ५औँ मिनेटमा एपीएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । लगत्तै खेलको ९औँ मिनेटमा एपीएफकी अनिता केसीले दोस्रो गोल गरिन् ।

खेलको १३औँ मिनेटमा सावित्रा भण्डारीले दोस्रो गोल गरिन् भने १८औँ मिनेटमा सावित्राले टोलीका लागि चौथो गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

खेलको १९औँ मिनेटमा सरु लिम्बुले पाँचौँ गोल गरिन् भने २१औँ मिनेटमा प्रिति राईले छैटौँ गोल गरिन् । २७औँ मिनेटमा अनिताले, ३६औँ मिनेटमा सरुले, ४५औँ मिनेटमा सावित्राले व्यक्तिगत चौथोसँगै टोलीलाई ९ गोलको अग्रता दिलाइन् ।

सविता रानाले पहिलो हापको इन्जुरी समयमा एपीएफका लागि १०औँ गोल गरिन् । खेलको ४८औँ मिनेटमा सरु लिम्बुले ह्याट्रिक पूरा गर्दै टोलीका लागि ११औँ गोल गरिन्।

५२औँ मिनेटमा सावित्राले, ६१औँ मिनेटमा मनमाया लिम्बुले, ७१औँ मिनेटमा गीता रानाले र खेलको ८३औँ र ८६औँ मिनेटमा रविना गोलेले टोलीका लागि १५औँ र १६औँ गोल गरिन्।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया