स्टारलिंकबाट युक्रेनमा दिएको नि:शुल्क इन्टरनेट सेवा बन्द गर्ने एलन मस्कको तयारी

 असोज २९, २०७९ शनिबार १४:३९:२९ | एजेन्सी
unn.prixa.net

अमेरिकी गाडी कम्पनी टेस्ला तथा अन्तरिक्ष कम्पनी स्पेश एक्सका प्रमुख एलन मस्कले स्टारलिंक स्याटेलाइटबाट युक्रेनमा दिँदै आएको नि:शुल्क इन्टरनेट सेवा लामो समय दिन नसक्ने बताएका छन् ।

विश्वकै धनि व्यक्ती समेत रहेका मस्कले युक्रेनलाई स्टारलिंक स्याटेलाइटबाट लामो समयसम्म इन्टरनेट दिनको लागि कोषको आवश्यक पर्ने बताएका समाचार संस्था एएफपीले जनाएको छ । रुसको आक्रमणपछि युक्रेनमा सञ्चारका उपकरण ध्वस्त हुँदा स्पेश एक्सले स्याटेलाइटबाट इन्टरनेट उपलब्ध गराएको थियो । अमेरिकी सेनाले सेवालाई निरन्तरता दिन एलन मस्कलाई आग्रह गरेका छन् तर उनले अब नि:शुल्क सेवा दिन नसकिने बताएको खबरमा उल्लेख छ ।

आफूले युक्रेनमा स्टारलिंक स्याटेलाइटबाट सेवा दिँदा अहिलेसम्म ८० मिलियन डलर खर्च भइसकेको र यो वर्षको अन्तिमसम्म एक सय मिलियन खर्च हुने उनको दाबी छ । तर अमेरिकी सञ्चारमाध्यम सीएनएनले भने स्टारलिंकले बनाएका २० हजार वटा स्टेशनमध्ये ८५ प्रतिशत स्टेशनको शुल्क अमेरिका, पोल्याण्ड लगायतका देश र संस्थाले सहयोग गरिरहेको दाबी गरेको छ ।
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया