नवौं राष्ट्रिय खेलकुद : आर्मी शीर्ष स्थानमा कायमै

 असोज २९, २०७९ शनिबार १५:४०:४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी देखीएका छन् । आर्मीले शीर्ष स्थानमा रहँदा कर्णाली, मधेश प्रदेश र एनआरएनएले कुनै पदक प्राप्त गर्न सकेको छैन ।

आर्मीले ९ स्वर्ण, ९ रजत र १० कास्यसहित २८ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो भएको बागमती प्रदेशले ५ स्वर्ण, रजत र २ कास्य सहित १० पदक जितेको छ । एपिएफले ४ स्वर्ण, ६ रजत र ९ कास्य सहित १९ पदक जितेको छ भने नेपाल पुलिस क्लवले २ स्वर्ण, १ रजत र २ कास्य सहित ५ पदक पाएको छ । 

पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले १ स्वर्ण र ३ कास्यसहित ४ पदक र लुम्बिनीले २ रजत पदक पाएको छ । घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएको छ । ५ वटा कास्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ । प्रदेश नम्बर १ ले ३ वटा कास्य मात्रै जित्यो । हालसम्म २१ इभेण्टका खेल सकिएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया