नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपीएफको फराकिलो जित

 असोज २९, २०७९ शनिबार १७:१५:९ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । लामाचौर खेल मैदान गोस्टेघाटमा भएको समूह ‘बी’ अन्तरगतको खेलमा एपीएफले मधेस प्रदेशलाई ६–० गोलअन्तरले हराएको हो ।

पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा १–० को अग्रता लिएको भए पनि दोस्रो हाफमा थप ५ गोल गर्न सफल रह्यो । खेलको १२ औं मिनेटमा मधेस प्रदेशका रितिक खडकाले दोस्रो बार च्याप्दै प्रहार गरेको फ्रिकिकमा एपीएफका कप्तान टोपबहादुर विष्ट बाधक बन्दा मधेस अग्रता लिनबाट चुक्यो । खेलको २२ औं मिनेटमा एपीएफका टोप बहादुर विष्टको क्रसमा प्रदिप लामाको हेड क्रसबार नजिकैबाट बाहिरियो ।

त्यस्तै खेलको २४ औं मिनेटमा हरि कार्कीले प्रहार गरेको बल क्रसबार नजिकबाट बाहिरिदा एपीएफलाई गोल संख्या दोब्बर गर्ने अवसर गुमेको थियो । ३० औं मिनटमा मधेस प्रदेशका डिफेन्डरले एपीएफका प्रदिप लामालाई डिबक्स भित्र ट्याक्ल गरेपछि  एपीएफले पेनाल्टीको अवसर पाएको हो । उक्त अवसरलाई आवास लामिछानेले चुक्न दिएन । उनले गरेको प्रहार मधेस प्रदेशका गोलरक्षक खुमबहादुर श्रेष्ठले बचाउ गर्न सकेन । ।त्योसँगै एपीएफ १–० गोलले अघि रह्यो ।

खेलको ३५ औं मिनेटमा एपीएफका सनिस श्रेष्ठले पास दिएको बललाई नवीन लामाले जालीको दिशा दिन सकेनन् । ४४ औं मिनेटमा मधेसका क्रिपाकान्त चौधरीले सेन्टरलाईबाट बल अघि बढाउँदै दिएको उत्कृष्ट पासलाई विवेक चौधरी फिनिसिङ गर्नबाट चुके । 

४८ औं मिनेटमा एपीएफका श्रनविक्रम बस्नेतको पासमा प्रदिप लामाको प्रहारलाई मधेस प्रदेशका गोलरक्षक खुम बहादुर श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ५९ औं मिनेटमा विकु तमाङले दिएको पासमा प्रदिप लामाले सहजै गोल गर्दै आफ्नो टीमको लागि गोल संख्या दोब्बर पारे ।

७१ औं मिनेटमा प्रदिप लामाले टर्निक गर्दै दिएको पासमा विकु तामाङले उत्कृट गोल गर्दै टोलीलाई ३–० को स्थितिमा पुर्याए । खेलको ८१ औं मिनेटमा प्रदिप लामाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको अन्तिम अन्तिम मिनेटमा मणि लामा र युवराज खड्काले समान १/१ गोल गर्दे आफ्नो टीमको लागि गोल संख्या आधा दर्जन पुर्याएको हो ।

हारसँगै अंकविहीन बनेको मधेस प्रदेश लिग चरणबाटै बाहिरिएको छ । मधेसले यसअघि वाग्मतीसँग २–० को हार व्यहोरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया