रुसी सेनाको पल्टन बेलारुस पुग्यो, बेलारुसले पनि युक्रेनमा आक्रमण गर्न खोजेको आशंका

 असोज २९, २०७९ शनिबार १८:३२:५ | एजेन्सी
unn.prixa.net

संयुक्त सुरक्षा परिचालनमा भाग लिन रुसी सेनाको पहिलो पल्टन बेलारुस पुगेको छ । बेलारुसको रक्षा मन्त्रालयले सीमाको सुरक्षाको लागि रुसी सेना आफ्नो देशमा आएको पुष्टि गरेको छ ।

रक्षा मन्त्रालयले एक तस्बिर सार्वजनिक गर्दै रुसी सेनालाई राजधानी मिन्स्कमा परम्परागत शैलीमा स्वागत गरिएको उल्लेख गरेको छ । गएकाे सोमबार बेलारुसका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले युक्रेनले आफ्नो देशमा आक्रमण गर्ने योजना बनाएको दाबी गर्दै रुससँग मिलेर सीमा क्षेत्रमा संयुक्त सेना परिचालन गर्ने उल्लेख गर्नुभएको थियो । लुकाशेन्कोले पोल्याण्ड, लिथुआनिया र युक्रेनले बेलारूसी कट्टरपन्थीहरूसँग मिलेर खतरा पैदा गरेको समेत उल्लेख गर्नुभएको छ ।

अमेरिका र युरोपेली देशले भने युक्रेनमा आक्रमण गरिरहेका रुसी सेनासँग मिलेर बेलारुसले पनि युक्रेनमा आक्रमण गर्न लागेको भन्दै कडा आपत्ति जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गएको मंगलबार भएको जी–७ को बैठकमा रूसले बेलारुसलाई पनि युद्धमा प्रत्यक्ष रूपमा तान्न खोजेको आरोप लगाउनुभएको थियो । बेलारुसका सर्वोच्च नेता लुकाशेन्को रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी हुनुहुन्छ । गएको फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गर्दा रुसी सेनाको आवतजावतको लागि बेलारुसले अनुमति दिएको थियो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया