चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन सुरु

राष्ट्रपति सीद्वारा शून्य कोभिड नीतिको बचाउ, ताइवानमा बल प्रयोगको सम्भावना स्वीकार

 असोज ३०, २०७९ आइतबार १४:१३:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजधानी बेइजिङमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उद्घाटन गर्नुभएको बीबीसीले जनाएको छ । 

आउँदो पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा आयोजना हुन्छ । झन्डै दुई हजार तीन सय जना पार्टी प्रतिनिधि सहभागी महाधिवेशनले तीन सय ७० जनाको केन्द्रीय समिति चयन गर्नेछ । जसमा २५ जना पोलिटब्युरो सदस्य र त्यसमध्ये सात जना स्थायी समिति सदस्य चुनिने छन् । पोलिटब्युरोलाई चीनको राष्ट्रपतीय मन्त्रिमण्डल सरह ठानिन्छ । सीलाई सम्मेलनमार्फत तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

यसअघिका सम्मेलनहरूमा नेताहरू आफ्नो पक्ष बलियो बनाउन प्रयास गर्ने गरेकोमा यस पटक कंग्रेसमा सीको एउटामात्र पक्ष देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सम्मेलनको उद्घाटन समारोहमा राष्ट्रपति सीले विवादास्पद शून्य कोभिड रणनीतिको बचाउ गर्नुभएको छ । यस्तै उहाँले ताइवानमा बल प्रयोगको सम्भावनालाई अस्वीकार नगर्ने पनि बताउनुभएको बीबीसीले जनाएको छ । सीपीसी संसारकै सबैभन्दा धेरै सदस्य भएको पुरानो पार्टी हो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया