क्रस कन्ट्री साइक्लिङमा वाग्मती र एपिएफलाई एक/एक स्वर्ण

 असोज ३०, २०७९ आइतबार १८:४१:२२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतवार भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ वाग्मती प्रदेशले र पुरुषतर्फ एपिएफले एक/एक स्वर्ण पदक जितेका छन् ।

पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दूरी एक घण्टा ९ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै वाग्मती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।

त्यस्तै उही दूरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले रजत पदक जितेकी छिन् । त्यसैगरी एक घण्टा २० मिनेट ०४ सेकेण्डमा दूरी पूरा गर्दै एपिएफकी हुमी बुढामगरले कास्य पदक जित्न सफल भइन् ।

पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । १९ किलोमिटरको दूरी १ घण्टा ९ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै एपिएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल भएका छन् ।

त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दूरी एक घण्टा ११ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै रजत पदक जिते । त्यसैगरी १ घण्टा १३ मिनेट २५ सेकेण्डमा दूरी पूरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।

सात प्रदेश र तीन विभागीय गरी दश क्षेत्रबाट प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छ भने रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरी ८/८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया