भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै, मल्लिकार्जुन खड्गे र शशि थरुरबीच प्रतिस्पर्धा

 असोज ३१, २०७९ सोमबार ७:४:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ ।

कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर प्रतिस्पर्धामा हुनुहुन्छ । खड्गेलाई गान्धी परिवारको समर्थन रहेको छ । नेतृत्व चयनको लागि आज मतदान हुने र पर्सि मतगणना हुने बीबीसी हिन्दीले जनाएको छ । मतदानमा देशभरका ९ हजार ८ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।

अध्यक्ष पदका दाबेदार खड्गे र थरुरले कांग्रेसको खस्किँदो अवस्थालाई सुधार गर्ने र आउँदो चुनावमा विजयी बनाएर देशको नेतृत्व गर्ने दाबी गरेका छन् । नेतृत्व छान्न २२ वर्षमा पहिलो पटक हुन लागेको चुनावलाई भारतसहित संसारभरका प्रजातान्त्रिक देशबाट निकै महत्त्वका साथ हेरिएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया