एथलेटिक्समा आर्मीलाई दुई स्वर्ण

 असोज ३१, २०७९ सोमबार १२:२९:२३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चश्व जमाएको छ । पोखरा रङ्गशालामा सोमवार आज बिहान भएका तीन वटा खेलमध्ये दुई वटामा आर्मीले स्वर्ण जितेकाे हाे । 

१ सय १० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते । उनले निर्धारित दूरी १५ दशमलव ३ सेकेण्डमा पार गरे । नेपाल पुलिसका चन्द्रदेव जोशीले १५ दशमलव ८१ सेकेण्डमा दूरी पार गर्दै रजत पदक जिते । आर्मीकै रामप्रसाद थारुले १९ सेकेण्डमा दूरी पार गर्दै कास्य पदक जिते ।

एक सय मिटर हडल्स महिलामा आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन् । उनले १ सय मिटर दूरी १५ दशमलव ६९ सेकेण्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६ दशमलव २५ सेकेण्डमा पूरा गर्दै हात पारिन् । एपीएफकी भगीरथि कुमारी थारुले १९ दशमलव १३ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितिन् ।

३ हजार मिटर स्टिबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते । उनले ८ मिनेट ५५ दशमलव १९ सेकेण्डमा दूरी पार गरे । अजित यादवले ९ मिनेट २१ दशमलव १० सेकेण्डमा पूरा गर्दै रजत पदक जिते । कास्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले प्राप्त गरे । उनले ९ मिनेट २२ दशमलव १५ सेकेण्डमा दूरी पार गरे। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया