टेबल टेनिसमा नेपाल पुलिसका विनेश खनियाँलाई तीन स्वर्ण

 असोज ३१, २०७९ सोमबार १३:४३:२४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा भइरहेकाे नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमवारसम्म टेबल टेनिस प्रतियोगिताका पाँचवटा खेल सम्पन्न भएकोमा चार वटा इभेन्ट्सको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सतर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेकाे छ । 

सोमवारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्ट्सको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक सशस्त्र प्रहरीले जितेको हो ।

आज बिहान सम्पन्न पुरुष डबल्स इभेन्ट्समा नेपाल पुलिस क्लबले ३­–१, ११–८, ११–५, ११–१३,११–६ को ३–१ ले सशस्त्र प्रहरीलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको थियो ।

यसैगरी प्रतियोगितामा सहभागी ११ टिममध्ये सशस्त्र प्रहरीले २ रजत, नेपाल प्रहरी,  नेपाली सेना र वाग्मती प्रदेशले १/१  रजत हात पारेका छन् भने कास्य पदकतर्फ वाग्मती प्रदेशले २, एनआरएनएले २, प्रदेश नं १ ले २, त्रिभुवन आर्मी क्लबले २, नेपाल पुलिस क्लबले १ र गण्डकी प्रदेशले १ कास्य पदक प्राप्त गरेका छन् । 

स्वर्ण पदक पाउन सफल नेपाल प्रहरीको खेलाडीहरुमा  पुरुष टिम इभेन्ट्सतर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका, महिला टिम इभेन्ट्सतर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मञ्जु सुवल, यस्वासी अवल, शुभाश्री श्रेष्ठ, पुरुष डबल्सतर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका छन् भने महिला डबल्स इभेन्ट्सतर्फ सशस्त्र प्रहरीलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीहरुमा सिक्का सुवाल र वियन्का राई रहेका छन् ।  

विजयी टिम र खेलाडीलाई तालिम तथा प्रशिक्षण विभाग निर्देशक प्रचण्ड शर्मा, प्रशासन विभागीय प्रमुख मधुसुदन बस्नेत, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङ, एनआरएनका मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठ र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले मेडल तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बाँकी रहेका दुई इभेन्ट्स महिला एकल  र पुरुष एकलतर्फका खेल सोमवारदेखि पोखराको रामबजारमा रहेकाे कोल्मा बहाकोट तमु समाज घरमा भइरहेकाे छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया