रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

 असोज ३१, २०७९ सोमबार १५:६:४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले सोमवार बताउनुभएको छ । रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उहाँकाे भनाइ छ । 

रुसले इरानमा बनेकाे कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेकाे छ । दुस्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ जेलेन्स्कीले भन्नुभएकाे छ । 

राजधानी किभका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गर्नुभएको छ ।

युक्रेनले आफूहरूलाई थप हवाई आक्रमण रक्षा प्रणाली सहयोग गर्न पनि अमेरिका र युरोपेली देशलाई आग्रह गरेको छ । इरानले भने रुसलाई ड्रोन आपूर्ति गरेको अस्वीकार गर्दै आएको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया