आर्मी शारीरिक सुगठनमा टिम च्याम्पियन

 असोज ३१, २०७९ सोमबार १८:४६:५७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । 

आज साेमवार पोखरा सभा गृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अङ्कसहित आर्मी टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले पाँच स्वर्ण जितेको हो । यस्तै आयाेजक गण्डकी प्रदेशले तीन, नेपाल प्रहरी, एपीएफ र प्रदेश १ ले एक/एक स्वर्ण जितेका छन् ।

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले पाँच स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको छ । प्रदेश १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र तीन कास्य पदक जितेको हो । यसैगरी एपीएफले एक स्वर्णसहित दुई रजत र तीन कास्य पदक जितेको हो ।

प्रतियोगितामा मधेश प्रदेशले दुई रजत, बाग्मतीले दुई रजत र एक कास्य, लुम्बिनी प्रदेशले दुई रजत र दुई कास्य जितेको छ । कर्णाली प्रदेश पदकविहीन बन्दा सुदूरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनुपरेको हो ।

प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टिम सहभागी थिए ।पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीमाथिको इभेन्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा भएकाे हाे । यस्तै महिलातर्फ खुला र फिजिक्स खुलामा प्रतिस्पर्धा भएकाे हाे ।  शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको हाे । 

दुई दिनसम्म चलेको खेलमा पहिलो दिन पाँच र दोस्रो दिन महिलाको दुई सहित ६ विधामा प्रतिस्पर्धा भएको हाे । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया