श्रीलङ्कामा इन्धनको मूल्य घट्यो : गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै पनि दोब्बर

 कात्तिक १, २०७९ मंगलबार ७:९:३६ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ । विश्व बैंकले यसवर्ष अर्थतन्त्र ९ दशमलव २ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त देश श्रीलङ्काले इन्धनको मूल्य घटाएको हो । त्यहाँको ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ कायम गरेको छ ।

घटेको मूल्य गएरातिदेखि नै लागू भएको समाचार संस्था एएफपीले जनाएको छ । तर नियमित पेट्रोलको मूल्य गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ । डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ ।

श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा उपभोक्ताले हप्तौँ लाइन बस्नुपरेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्नलगायतका सामानमा अत्यधिक मूल्यवृद्धिपछि प्रदर्शन चर्किएको थियो ।

तत्कालीन राष्ट्रपति गोटबाया राजापक्षेले जुलाईमा पद त्याग गरी देश छोड्नुपरेको थियो । अहिले इन्धनको समस्या केही समाधान भए पनि गाडी भाडा, अन्य सेवा र सामानहरूको बढ्दो मूल्य उस्तै छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि श्रीलङ्कामा २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया