नवौं राष्ट्रिय खेलकुदको ४ सय मिटर दौडमा दुई वटा राष्ट्रिय कीर्तिमान

 कात्तिक १, २०७९ मंगलबार १०:२१:४६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा दुई वटा राष्ट्रिय कीर्तिमान बनेको छ ।

पोखरा रंगशालामा आज बिहान भएको ४ सय मिटर पुरुष/महिला दौडमा नयाँ कीर्तिमान बनेको हो ।

पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल र महिलामा एपीएफकी रमिताकुमारी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । 

सोमले निर्धारित दूरी ४७ दशमलव ९५ सेकेन्डमा पार गरे । उनले सन् १९९० मा चीनको बेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन् । चौधरीले ४८ दशमलव ३२ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।

एपीएफका आशीष चौधरीले ४९ दशमलव ४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । त्यस्तै आर्मीका प्रकाश दनुवारले ४९ दशमलव ९० सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते ।

महिलातर्फ एपीएफकी रमिताकुमारी थारुले ५८ दशमलव १० सेकेन्डमा ४ सय मिटर दूरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले सन् २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् ।

तुलसाले ५९ दशमलव ५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् । आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले कास्य पदक जित्न सफल भए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया