नवौं राष्ट्रिय खेलकुद : म्याराथनमा गण्डकीलाई पहिलो स्वर्ण

 कात्तिक १, २०७९ मंगलबार १२:२५:५४ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – एथलेटिक्स अन्तर्गत म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् ।

अनिशले म्याराथन ४२ दशमलव १९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

म्याराथन प्रतियोगितामा १८ जना सहभागी भएकोमा त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे । सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दूरी पूरा गर्दै कास्य पदक जिते ।  राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो रेकर्ड हो ।

त्यसै गरी महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । वृन्द्राले ४२ दशमलव १९५ किलोमिटर दूरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

रजत पदक जितेकी आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ३५ सेकेन्डमा दूरी पूरा गरिन् । पुलिसकी रेखा विष्टले ३ घन्टा १ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य जितिन् ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया