महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५/५ स्वर्ण

 कात्तिक १, २०७९ मंगलबार १३:४१:४८ | सागर राज तिमिल्सिना
unn.prixa.net

नवलपरासी – पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फको स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् ।

मंगलवार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिम प्रदेशले समान पाँच/पाँच वटा स्वर्ण पदक हात पारेका हुन् ।

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

कुस्ती महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहमा खेल भएका थिए । खेल कावासोती – १६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो । प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया