रुसले युक्रेनका ऊर्जा केन्द्रलाई निसाना बनाएर आक्रमण तीव्र बनायाे

 कात्तिक १, २०७९ मंगलबार १९:४५:५१ | एजेन्सी
unn.prixa.net

रुसी सेनाले युक्रेनका ऊर्जा केन्द्रलाई निसाना बनाएर आक्रमण तीव्र बनाएको छ । पछिल्ला केही दिनदेखि रुसले विद्युत् गृह, सबस्टेशन, प्रसारण लाइन, थर्मल प्लान्ट लगायतलाई लक्षित गरेर आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले बताएका बीबीसीले जनाएको छ ।

अहिले राजधानी किभ र अन्य थुप्रै सहरमा बिजुली र खानेपानीको अभाव रहेको खबरमा उल्लेख छ । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पछिल्ला आठ दिनमा देशका ३० वटा ऊर्जा केन्द्रमा आक्रमण भएको र अवस्था नाजुक रहेको बताउनुभएको छ । उहाँले नागरिकलाई ऊर्जाको खपत निकै कम गर्न र पानी बचाउन आग्रह गर्नुभएको छ ।

कडा जाडोको समय आउँदै गरेकाले ऊर्जाको झन् धेरै आवश्यक पर्ने तर यसै बेला रुसले ऊर्जा केन्द्रलाई लक्षित गरेर आक्रमण गर्दा ठूलो मानवीय सङ्कट आउन सक्ने युक्रेनी प्रधानमन्त्रीको चिन्ता छ । युक्रेनी उर्जा फर्म डीटीईकेले आफ्ना दुई वर्टा थर्मल पावर प्लान्टमा रुसी गोलाबारीबाट ठूलो क्षति पुगेको र एक कामदारको ज्यान गएको बताएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया