आर्मी २० स्वर्ण पदकसहित पौडीमा च्याम्पियन, दुवानालाई ९ स्वर्ण

 कात्तिक १, २०७९ मंगलबार १९:४९:१८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, नाै रजत र सात कास्य सहित ३६ वटा पदक टिम च्याम्पियन बनेको हो । 

यस्तै एनआरएनए नाै स्वर्ण, छ रजत र एक कास्य गरी १६ वटा पदकसहित दोस्रो बन्दा एपीएफ तीन स्वर्ण, चार रजत र छ कास्य गरी १३ वटा पदकसहित तेस्रो भयो । 

आज मङ्गलवार भएकाे अन्तिम दिनकाे खेलमा आर्मीले चार स्वर्ण पदक जितेको छ । आर्मीका लागि महिला चार सय मिटर फ्रिस्टाइल दुवाना लामाले स्वर्ण जितिन् । उनले चार मिनेट ४३.९२ सेकेन्डमा दुरी पार गरिन् । पुलिसकी मिगन गुरुङले पाँच मिनेट ४.३८ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन् । त्यस्तै बाग्मती प्रदेशकी टिसा मर्हनले पाँच मिनेट ७.३६ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जितिन् । 

पुरुषतर्फ चार सय मिटर आइएममा एनआरएनका आशिष सापकोटाले स्वर्ण जिते । उनले चार मिनेट ३५.३६ सेकेन्डमा दुरी पूरा गर्दै नयाँ कीर्तिमानसमेत राखेका छन् । प्रदेश १ का प्रारम्भ भण्डारीले पाँच मिनेट १२.०९ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जिते भने एपीएफका सुरेनबहादुर सिंहले पाँच मिनेट १२.१५ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।   

यस्तै महिला एक मिटर बेस्टस्टोकमा आर्मीकी दुवाना लामाले एक मिनेट १६.६३ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् । उनले यो विधामा पनि नयाँ कीर्तिमान कायम गरेकी छन् । आर्मीकै उपस्ति मर्हजनले एक मिनेट २२.३९ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिसकी अदिप्सा वैद्यले एक मिनेट २२.६७ सेकेन्डमा दुरी पूरा गर्दै कास्य जितिन्।  

पुरुषतर्फकाे १०० मिटर बेस्टस्टोकमा प्रदेश १ का विकास कुमाले स्वर्ण जिते । उनले एक मिनेट ७.९३ सकेन्डमा दुरी पूरा गर्दै कीर्तिमानी स्वर्ण जितेका हुन् । त्यस्तै आर्मीका नासिर हुसेनले एक मिनेट ८.४६ सेकेन्डमा दुरी पार गर्दै रतज पदक जिते भने एनआरएनका आशिष सापकोटाले एक मिनेट ८.८० सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जिते ।  

पुरुषतर्फकाे दुई सय मिटर बटरफ्लाईमा एनआरएनएका आशिष सापकोटाले दुई मिनेट ९.४५ सेकेन्डमा दुरी पूरा स्वर्ण जिते । उनले यो विधामा नयाँ कीर्तिमानसमेत कायम गरेका छन् । आर्मीका अनुभव सुब्बाले दुई मिनेट २६.६० सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जितेका छन् भने एपीएफका सुरेन्द्रबहादुर सिंहले दुई मिनेट २७.४५ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते ।  

महिलातर्फकाे ५० मिटर फ्रिस्टाइलमा एनआरएनकी आस्ले सापकोटा डङ्गोलले स्वर्ण पदक जितिन् । उनले २७.८९ सेकेन्डमा दुरी पूरा गरिन् । गौरीका सिंहले २८.२९ सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक जितिन् भने २८.७९ सेकेन्डमा दुरी पूरा गर्दै आर्मीकै अनुसैया तन्डुकारले कास्य पदक जितिन् ।   

पुरुषतर्फकाे ५० मिटर फ्रिस्टाइलमा आर्मीका अलेकजेन्डर शाहले २३.८७ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जिते । यसैगरी पुलिसका शांखबहादुर रघुवंशीले २४.५३ सेकेन्डमा दुरी पूरा गर्दै रजत र एपीएफका तेन्जीङ नाम्दी रयान गुरुङले २५.८२ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते । 

यस्तै चार सय मिटर फ्रिस्टाइल रिलेमा आर्मीले स्वर्ण, प्रहरीले रजत र बाग्मती प्रदेशले कास्य पदक प्राप्त गरेको छ । 

पौडी प्रतियोगितामा आर्मीकी दुवाना लामाले नाै स्वर्ण, एक रजतसहित १० पदक जितेकी छिन् भने आर्मीका नाजिर याया हुसेनले सात स्वर्ण, दुई रजत र एक कास्यसहित १० पदक जितेका छन् । एनआरएनकी एस्ली सापकोटा डङ्गोलले ६ स्वर्ण, दुई रजतसहित आठ पदक र आर्मीकी गौरीका सिंहले पाँच स्वर्ण, एक रजतसहित ६ पदक जितेकी छन् । पौडी प्रतियोगितामा ५० स्वर्ण, ५० रजत र ५० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया