जलवायु परिवर्तनका कारण विश्वका एक अर्ब बालबालिका उच्च जोखिममा

 कात्तिक २, २०७९ बुधबार १०:२०:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : राेयटर्स

जलवायु परिवर्तनका कारण विश्वका झण्डै एक अर्ब बालबालिका उच्च जोखिममा रहेको  तथ्याङ्क सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अधिकार समूह किड्स राइट्सले झण्डै ८२ करोड बालबालिका उच्च जोखिममा रहेको चेतावनी दिएको हो ।

किड्स राइट्स इन्डेक्सले युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको समेत जनाएको छ । पानीको कमी र गमीको कारण बालबालिका प्रभावित भएका छन् । मलेरिया र डेङ्गीजस्ता रोगहरूले झन्डै ६० करोड बालबालिका वा हरेक चारमध्ये एक जनालाई असर गरेको डच एनजीओ किड्सराइट्सले जनाएको छ ।

रिपोर्टमा आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारका लागि उत्कृष्ट र सिएरालियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराब सूचीमा राखिएको छ । संयुक्त राष्ट्र संघीय निकायले प्रदान गरेको तथ्यांकका आधारमा यो प्रतिवेदन निकालिएको खबरमा उल्लेख छ । सूचांकमा १ सय ८५ देश समावेश छन् । किड्स राइट्सका संस्थापक तथा अध्यक्ष मार्क डुलार्टले यस वर्षको प्रतिवेदनलाई हाम्रो वर्तमान र भावी पुस्ताका बालबालिकाका लागि चिन्ताजनक भनेर उल्लेख गर्नुभएको छ ।

द्रुत गतिमा परिवर्तन भइरहेको मौसमले बालबालिकाको भविष्य र आधारभूत अधिकारलाई खतरामा पारेको उहाँको भनाई छ ।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया