टेबलटेनिसमा ६ स्वर्ण सहित नेपाल प्रहरी टिम च्याम्पियन

 कात्तिक २, २०७९ बुधबार १३:४२:३८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौं राष्ट्रिय खेलुकद अन्तर्गत नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो ।

प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ काँस्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रुपमा रहेको सशस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ काँस्य पदक पाउँदै दोस्रो स्थानमा बन्न सफल रह्यो । त्यस्तै वाग्मती प्रदेशले १ रजत र २ काँस्यसहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ काँस्य, एनआरएनएले २ काँस्य, प्रदेश १ ले २ काँस्य र गण्डकी प्रदेशले १ काँस्य पदक हात पारेका छन् ।

बुधबार आजै सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले हात पारेकी छिन् । पदक बिजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन् । 

प्रतिष्पर्धी खेलाडी दुवै नेपाल पुलिसका खेलाडी हुन् । विजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भइन् भने एलिनाले रजत पदक जितिन् । एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले काँस्य पदक पाउन सफल भइन् । 

यसैगरी पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका थिए । श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भए भने रुविनले रजतमा चित्त बुझाए । यसै गरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले काँस्य पदक हात पारे । 

प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् ।  समापन कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद्का सदस्य राजेश गुरुङ, अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल ओलम्पकि कमिटिका उपाध्यक्ष चतुरानन्दराज वैद्य, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्य र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले पदक तथा पुरस्कार वितरण गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया