ट्रायथलनमा आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

 कात्तिक २, २०७९ बुधबार १४:१३:१५ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ट्रायथलनको स्वर्ण नेपाल आर्मीका वसन्त थारुले जितेको छन् । उनले एक घण्टा नाै मिनेट ४३ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

आर्मीकै दिपेश चौधरीले एक घण्टा १० मिनेट ०५ सेकेनुडमा दुरी पूरा गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले एक घण्टा १४ मिनेट ५६ सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक हात पारे ।

महिलातर्फको ट्रायथलनमा सशस्त्र प्रहरी बल (एपीएफ) की सोनी गुरुङले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरी एक घण्टा १६ मिनेट २८ सेकेन्डमा पूरा गरिन् । नेपाल पुलिस क्लबकी श्रेबी महर्जनले एक घण्टा १९ मिनेट १५ सेकेन्डमा दुरी पूरा गर्दै रजत जित्दा नेपाल आर्मीकी केशरी थापा मगरले एक घण्टा ३२ मिनेट २९ सेकेन्डमा दुरी पूरा गर्दै कास्य जितिन् ।

आज बुधवार पोखराको लेकसाइडमा आयोजित ट्रायथलनमा उनीहरूले सात सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौडको दुरी पूरा गरेका हुन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया