भाराेत्तोलनमा एपीएफलाई पहिलो स्वर्ण, पुलिसकी विद्या राईको कीर्तिमान

 कात्तिक २, २०७९ बुधबार १४:२५:५६ | सागर राज तिमिल्सिना
unn.prixa.net

पुलिसकी विद्या राई भार वहन गर्दै

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भाराेत्तोलनमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले पहिलो स्वर्ण जितेकाे  विभागीय छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको हलमा आज बुधवार महिला ८७ केजी तौल समूहमा एपीएफकी निशा बलालले स्वर्ण जितेकी हुन् । उनले स्न्याचमा ६२ र क्लिन एन्ड जर्कमा ७७ गरी एक सय ३९ केजी भार वहन गर्दै एपीएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् । 

प्रतियोगितामा नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लिन एन्ड जर्कमा ७४ गरी एक सय ३७ केजी भार वहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लिन एन्ड जर्कमा ८८ गरी एक सय २५ केजी भार उठाएकी हुन् ।

बुधवारकै अर्को खेलमा नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जितिन् । ८७ केजीमाथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लिन एन्ड जर्कमा ८८ गरी एक सय ६४ केजी भार वहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले एक केजी बढी भार वहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए । 

यस्तै एपीएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य पदक जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लिन एन्ड जर्कमा ५३ गरी ९३ केजी भार वहन गर्दा गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लिन एन्ड जर्कमा ५० गरी ९० केजी भार उठाएकी हुन् । 

२० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धा आजदेखि सकिँदैछ । अहिलेसम्म १६ स्वर्णको टुङ्गो लागेकोमा नेपाल प्रहरीले नाै, नेपाल आर्मीले चार, सुदूरपश्चिमले दुई र एपीएफले एक स्वर्ण जितेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया