भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा मल्लिकार्जुन खड्गे निर्वाचित, कंग्रेसकाे नेतृत्व गान्धी परिवारबाट बाहिर गयाे

 कात्तिक २, २०७९ बुधबार १४:५३:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षका मल्लिकार्जुन खड्गे निर्वाचित हुनुभएको छ । आज बुधवार सार्वजनिक मत परिणामअनुसार खड्केले सात हजार आठ सय ९७ मत र उहाँका प्रतिस्पर्धी शशि थरुरले एक हजार ७२ मत प्राप्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अध्यक्षमा निर्वाचित खड्गे ८० वर्षका हुनुहुन्छ । थरुरले ट्वीट गरेर हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ । तर यो चुनावमा गान्धी परिवारले दलित समुदायका खड्गेलाई नै सघाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कंग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो । यसअघि सन् २००० मा भएको चुनावमा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हाल्नुभएको थियो । भारतीय कांग्रेसको एक सय ३७ वर्षीय इतिहासमा यो छैटौँ चुनाव हो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया