ट्रायथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

 कात्तिक २, २०७९ बुधबार १७:३८:१६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ट्रायथलनमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १/१ वटा स्वर्ण जितेका छन् । आज बुधवार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्रायथलनमा पुरुषतर्फ आर्मीका वसन्त थारु र महिलातर्फ एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जिते । 

पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमी दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् । महिलातर्फ निर्धारित दुरी १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी गुरुङले स्वर्ण पदक जितिन् ।

प्रतियोगिताको पुरुषतर्फ निर्धारित दुरी १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते भने नेपाल पुलिसका मौलिक महर्जनले निर्धारित दुरी १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै कास्य पदक जिते । 

त्यस्तै महिलातर्फ नेपाल पुलिसकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा दुरी पार गर्दै कास्य जितिन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया