रुसले कब्जा गरेको युक्रेनी भू–भागमा सैनिक शासन लागू : पुटिन

 कात्तिक २, २०७९ बुधबार १९:४६:२२ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैनिक शासन लागू गरेको घोषणा गरेको छ ।

‘मैले रुसी महासङ्घका डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु’, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बुधवार टेलिभिजनमार्फत प्रसारण भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा भन्नुभयो । 

सम्बोधनपछि क्रेमलिनले एक निर्दैशन जारी गर्दै भोलि बिहीवार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला पुटिनको यो घोषणा आएको हो । 

७० वर्षीय रुसी नेताले भन्नुभयो, ‘किभ सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको छ, वार्ताका लागि कुनै पनि प्रस्ताव अस्वीकार गरेको छ, गोली चलिरहेको छ, नागरिकको मृत्यु भइरहेको छ ।’ 

उहाँले युक्रेनले ‘आतङ्कवादी तरिका’ प्रयोग गरेको आरोप लगाउनुभयो । पुटिनले भन्नुभयो, ‘उनीहरूले हाम्रो भूमिमा विध्वंशकारी समूहहरू पठाउने गरेका छन्  । मस्कोले क्रिमिया पुललाई लक्षित गरी भएको पहिलो घटनाबाहेकका अन्य आक्रमणहरूलाई विफल पारेको छ ।’ 

रुसी कानुनअनुसार सैनिक कानुनले सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिकको नजरबन्दको अनुमति दिन्छ । रुसी राष्ट्रपति पुटिनले भन्नुभयो, ‘हामी सुरक्षा सुनिश्चित गर्न र रुसको भविष्यको रक्षा गर्न धेरै जटिल ठूला कार्यहरू समाधान गर्न काम गरिरहेका छौँ ।’

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया