टि–२० क्रिकेटमा आज दुई खेल : सुपर १२ मा पुग्न श्रीलंकालाई जित्नैपर्ने दबाब

 कात्तिक ३, २०७९ बिहीबार ९:१६:२८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

आईसीसी टि–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा श्रीलंका र नेदरल्यान्ड्सबीच जिलोङमा बिहान पौने १० बजे खेल हुँदैछ ।

विश्वकपको सुपर १२ मा पुग्न श्रीलंकालाई आजको खेल जित्नैपर्ने दबाब छ । नेदरल्यान्ड्स विजयी हुँदा समूह विजेताका साथ सुपर १२ मा पुग्नेछ ।

तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्स पराजित भएमा अन्य टोलीको नतिजामा निर्भर हुनेछ । श्रीलंका नामिबियासँग पराजित भएको थियो ।

आज हुने दोस्रो खेलमा नामिबिया र युएई खेल्दैछन् । नामिबिया र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे जिलोङमा सुरु हुनेछ ।

नामिबियाले युएईलाई हराउन सकेमा लगातार दोस्रो पटक सुपर १२ मा पुग्नेछ । युएईलाई सुपर १२ मा पुग्न ठूलो अन्तरको जित आवश्यक छ भने नेदरल्यान्ड्सले श्रीलंकालाई पनि हराउनुपर्छ ।

सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता रहनेछन् ।

सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता हुनेछन् ।
 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया