दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – गोदावरी फूल मेला तथा प्रदर्शनी आज बिहीवारदेखि सुरु भएकाे छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ ललितपुरको जावलाखेल मैदानमा १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएकाे हाे ।
तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणि पोखरेलले जानकारी दिनुभयो । फूल व्यवसायको व्यावसायिक विस्तार तथा प्रवर्द्धनका लागि बर्सेनि मेला हुँदै आएकोमा कोरोनाकालमा रोकिएको थियो ।
प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेका छन् ।
प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरूले उत्पादन गरेको गोदावरी फूलको पाँच वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कटफ्लावर प्रजाति रहेका छन् ।
साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा बिरुवासमेत प्रदर्शनीमा राखिएकाे छ ।
फ्लोरिकल्चर एशाेसिएसन नेपालको आयोजना र पुष्प विकास केन्द्र गोदावरीको सहयोगमा भएकाे मेला आउँदो आइतवारसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।