डब्ल्यूएचओकाे सिरिया प्रमुखले सुनका सिक्का, कार उपहार दिएर काेषकाे दुरुपयाेग गरेकाे आराेप

 कात्तिक ३, २०७९ बिहीबार १४:३५:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एपी

सिरियामा रहेकाे संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को कार्यालयका प्रमुखलाई लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ । कार्यालयका कर्मचारीले कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्यूएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

एसोसिएटेड प्रेस (एपी) ले प्राप्त गरेको १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उच्च पदस्थ राजनीतिज्ञहरूसँग सम्झौता गर्न कर्मचारीहरूलाई दबाब दिएकी तथा लगातर गलत ढङ्गले कोष र दाताहरूले दिएको रकम दुरूपयोग गरेको बयान दिएका भेटिएको छ । कर्मचारीहरूले अनुसन्धानकर्ताहरूलाई उनले भ्रष्टाचार गरेको बयान दिएका दस्तावेज एपीले हात पारेको हो ।

म्याग्टिमोभाले आफूमाथि लागेका आरोपबारे जवाफ दिन अस्वीकार गरेकी छिन् । आफ्नो पदीय मर्यादाको ख्याल गर्दै उनले जानकारी दिन अस्वीकार गरेकी बताइएको छ । यद्यपि उनले ती आरोपलाई अपमानजनक भनेकी छिन् ।

उनीविरूद्ध १२ जना कर्मचारीले उजुरी गरेका थिए । उजुरी परेसँगै डब्ल्यूएचओले २० भन्दा बढी अधिकारी खटाएर आन्तरिक अनुसन्धान थालेको छ । त्याे संस्थाले उनीविरूद्धको अरोपको छानबिन भइरहेको र त्यस निम्ति बाह्य अनुसन्धानकर्ता परिचालन गरेको बताएको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया