इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र फुलहम विजयी

 कात्तिक ४, २०७९ शुक्रबार ९:४२:१३ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र फुलहम विजयी भएका छन् । राति भएको खेलमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई २–० गोलले हरायो ।

खेलको १६ औँ मिनेटमा लिड्सका रोविन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता बनाएको थियो । खेलको ३५ औँ मिनेटमा लेस्टरका हर्भे बर्नेस्ले गोल थपे ।

त्यसपछि दुवै टोलीले गोल थप्न सकेनन् । जितसँगै तीन अंक जोडेको लेस्टर ११ खेलमा आठ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । लिड्स युनाइटेड १० खेलमा ९ अंकका साथ १६ औँ स्थानमा छ ।

अर्को खेलमा फुलहमले एस्टनभिल्लालाई ३–० गोलले हरायो । खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफमा एक गोल गरेको फुलहमले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको दोस्रो हाफको ६२ औँ मिनेटमा एस्टनभिल्ला १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै फुलहम ११ खेलमा १५ अंकसहित नवौं स्थानमा छ । समान खेलमा ९ अंक रहेको एस्टनभिल्ला १७ औँ स्थानमा छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया