सन् २०२२ मा कार्बन डाइअक्साइड उत्सर्जनमा सामान्य वृद्धि हुने आईईएको अनुमान

 कात्तिक ४, २०७९ शुक्रबार ८:३१:३५ | एजेन्सी
unn.prixa.net

सन् २०२२ मा विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जन एक प्रतिशत मात्र बढ्ने अनुमान गरिएको छ ।

पछिल्ला वर्षहरुमा ऊर्जा सङ्कटको असरबारे चिन्ता व्यक्त गरिए पनि जीवाश्म इन्धन दोहनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन एक प्रतिशत मात्र बढ्ने अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले जनाएको छ ।

तेल, ग्यास र कोइला बालेर ऊर्जाका लागि उत्सर्जन हुने कार्बन डाइअक्साइड सन् २०२२ मा ३३ अर्ब ८० करोड टन पुग्ने अनुमान छ । 

कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्र उकास्नलाई गएको वर्ष अझ धेरै जीवाश्म इन्धनको प्रयोग भएको अनुमान गरिएको थियो ।

रुस–युक्रेन युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले यस वर्ष प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धिका कारण कोइलाको मागमा केही वृद्धि भएको आईएले जनाएको समाचार संस्था एएफपीले जनाएको छ ।

तर, अहिले विद्युतीय गाडीसहित नवीकरणीय प्रविधिको व्यापक प्रयोग हुन थालेको र यसले सन् २०२२ मा झण्डै एक अर्ब टनको जीवाश्म इन्धनको असर वृद्धिलाई रोक्ने अपेक्षा समेत गरिएको आईएका कार्यकारी निर्देशक फातिह बिरोलले बताउनुभयो ।

जीवाश्म इन्धन उत्सर्जनबाट विश्वको सबैभन्दा धेरै प्रदूषण गर्नेमध्येको एक चीनमा सन् २०२२ मा उत्सर्जन धेरै हदसम्म स्थिर रहने अनुमान छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा पेरिस सम्झौताको तापक्रम मापन लक्ष्य हासिल गर्न हरितगृह ग्यास उत्सर्जन आधा घटाउनुपर्ने बताएको छ ।  
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया