स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलाई हरायो

 कात्तिक ४, २०७९ शुक्रबार ८:४०:२६ | एजेन्सी
unn.prixa.net

स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई हराएको छ । बार्सिलोनाले घरेलु मैदान नाउक्याम्पमा भिल्लारियललाई ३–० ले हराएको हो ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको दुई तथा अन्सु फातीले एक गोल गरे । 

बार्सिलोनाले पहिलो हाफमा ८ मिनेटको अन्तरमा तीन गोल गर्यो । लेवान्डोस्कीले ६ सय १ गोल पूरा गरेका छन् ।

जितसँगै बार्सिलोनाको १० खेलमा २५ अंक छ । शीर्षस्थानमा रहेको रियल म्यड्रिडको २८ अंक छ । पराजित भिल्लारियल १५ अंकका साथ नवौं स्थानमा छ ।
 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया