टी–२० विश्वकप सुपर १२ मा पुग्न आज निर्णायक दुई खेल हुँदै

 कात्तिक ४, २०७९ शुक्रबार ८:५७:५ | एजेन्सी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

अस्ट्रेलियाको होबार्टमा आज हुने समूह ‘बी’ का खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड तथा स्कटल्याण्ड र जिम्बाबे खेल्दैछन् ।

पहिलो खेलमा वेस्ट इन्डिज र आयरल्याण्ड नेपाली समय अनुसार बिहान पौने १० बजे खेल्दैछन् ।

आज हुने दोस्रो खेलमा स्कटल्याण्ड र जिम्बाबेबीच दिउँसो पौने दुई बजे खेल हुनेछ ।

आज जित्ने टोली सुपर १२ र हार्ने टोली बाहिरिनेछन् । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेका छन् ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया