ऊर्जा केन्द्रमा आक्रमणपछि विद्युत् सङ्कट टार्न युक्रेनले विद्युत् कटौती गर्दै

 कात्तिक ४, २०७९ शुक्रबार १२:१२:३८ | एजेन्सी
unn.prixa.net

रुसको आक्रमणबाट उर्जा केन्द्रमा क्षति भएपछि युक्रेनले विद्युत् सङ्कटको सामना गर्नुपर्ने भएको छ । युक्रेनका महत्वपूर्ण ऊर्जा पूर्वाधारमा गम्भीर क्षतिपछि युक्रेनले विद्युत् वचतका उपायहरू खोज्न थालेको छ ।

तत्कालका लागि सम्भावित विद्युत् कटौतीको तयारी भैरहेको समाचार संस्था एएफपीले जनाएको छ । रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट एक हप्तामा युक्रेनको कम्तीमा ३० प्रतिशत विद्युत् गृह ध्वस्त भएपछि नागरिकलाई बिजुली खपतका लागि आग्रह गरिएको छ ।

राजधानी किएभका मेयर भिटाली क्लिट्स्कोले उद्योग तथा उद्यमी, क्याफे, रेस्टुरेन्टलगायतलाई अति आवश्यक बाहेक विद्युत् प्रयोग नगर्न आग्रह गर्नुभएको छ । सानोतिनो वचत र हरेक घरमा विद्युत् खपतमा कमी आउँदा पनि राष्ट्रिय ऊर्जा प्रणालीको सञ्चालनलाई स्थीर बनाउन मद्दत् पुग्ने उहाँको भनाई छ । पानी उमाल्ने मेसिन, विद्युतीय चुल्हो र वासिङ मेशिनजस्ता उपकरणको प्रयोगलाई कम गर्न स्थानीय बासिन्दालाई आग्रह गरिएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया