कार्यकर्तालाई देउवाको आग्रह : गठबन्धनमा शङ्का उत्पन्न गराउने गतिविधि नगर्नुस्

 कात्तिक ४, २०७९ शुक्रबार १६:४८:३० | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल फाेटाे

कास्की – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा शङ्का उत्पन्न गराउने गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

आज शुक्रवार पोखरामा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गठबन्धन आग्रह र पूर्वाग्रहमुक्त हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले विगतका कुरा स्मरण गरेर कुनै लाभ नहुने भन्दै देशको भविष्यका लागि सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले गठबन्धन आजको आवश्यकता रहेको दाबी गर्दै आउँदाे चुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउनमा लाग्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हिजोका कुराले केही हुनेवाला छैन । हाम्रो गठबन्धन छ, गठबन्धन आवश्यकता छ । कुनै पनि बहानामा गठबन्धनमा शङ्का पैदा गराउने काम गर्नु हुँदैन । गठबन्धन आग्रह, पूर्वाग्रहबाट मुक्त हुनुपर्छ ।’

प्रधानमन्त्री देउवाले शीर्ष नेताहरू सबै गठबन्धनमा मिलेकाले तल्लोस्तरका कार्यकर्ताले पनि मिलेर जानुको विकल्प नभएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया