चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदन

 कात्तिक ५, २०७९ शनिबार १४:५७:२६ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि चयन हुनुभएको छ ।

बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशनले सी लाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको बीबीसीले जनाएको छ ।

महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको छ ।

केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्दै छ ।

महाधिवेशनले शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने बिदा गरेको छ ।

दोस्रो वरियताका प्रधानमन्त्री ली र जन कांग्रेसका अध्यक्ष समेत रहेका तेस्रो वरियताका चान्सु बिदा हुनुभएको हो ।

महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ ।

चिनियाँ विशेषता अनुसारको चिनियाँ समाजवाद सम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ ।

पार्टीको विधानलाई पनि त्यसै अनुसार संशोधन गरिएको चिनियाँ संचार माध्ययमहरुले जनाएका छन् ।  
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया