अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
दिउँसो प्रदेश-१ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा नै रहने मौसमविद् सजिना शाक्य बताउनुभयो । प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको पनि उहाँले बताउनुभयो । अबको केही दिनको मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।
यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ११ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । बिहानको न्यूनतम तापक्रम घटे पनि अहिले घाम लागेकाले न्यानो हुन थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।